सप्तरीमा आगलागि, तीन घर जलेर नष्ट - Crazysaptahik.com

सप्तरीमा आगलागि, तीन घर जलेर नष्ट


क्रेजी साप्ताहिक
सप्तरी । सप्तरीको तिलाठी कोलाडी गाउँपलिकामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आज विहान वडा नं ७ का स्थानीय देवनारायण साहको घरबाट अचानक सल्केको आगो निजको एउटा घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सोही ठाउँका छिमेकी सूर्यनारायण साह र तेजनारायण साहका पनि एक÷एक घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ ।

आगलागी गाईगोठमा बालेको आगोबाट भएको हुन सक्ने स्थानियले अनुमान गरेका छन् । प्रहरीले जनाएअनुसार आगलागीबाट तीन जनाको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन र नगद जिन्सीलगायत करीब रु १० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ । आगोलाई स्थानीवासी, प्रहरी र नगरपालिकाबाट आएको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैबीच आगलागी भएको ठाउँमा पीडितका लागि तत्काल राहत दिनका लागि चिउरा, भुजिया, भुजा तथा त्रिपाल सहयोगका लागि गाउँपालिकाले व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए ।

सम्बन्धित खवर