भन्सार छलेर ल्याइएका कपडा बरामद - Crazysaptahik.com

भन्सार छलेर ल्याइएका कपडा बरामद


क्रेजी साप्ताहिक । भन्सार छलेर ल्याइएका ६१ बोरा कपडासहित एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । चन्द्रनिगाहपुरबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ९६०५ नंको कन्टेनर जाँचका क्रममा ६१ बोरा कपडा लुकाएर ल्याएको अवस्थामा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले आज बिहान नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले मकवानपुरका ४२ वर्षका आनन्द लामाले भन्सार छलेर ल्याएको कपडा बरामद गरिएको जानकारी दिए । ‘कन्टेनर गाडीमा मकैको बोराभित्र लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिएका हौँ’, उनले भने । उक्त सामानको मूल्य रु ६० लाख बराबर रहेको छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय सानोगौचरन पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर