टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ जना घाइते - Crazysaptahik.com

टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ जना घाइते


क्रेजी साप्ताहिक
बर्दिया । टयाक्टर दुर्घटना हुँदा बर्दियामा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका वार्ड न ५ पहाडीपुरका १३ वर्षीय बालक रुबेन चौधरी रहेका छन् ।

बर्दियाको ठाकुरद्धारामा रहको ठाकुरबाबा मन्दिरको दर्शन गरेर फर्कँदै गरेको भे १ त ७२०० नम्बरको टयाक्टर राजापुर नगरपालिका वडा नम्बर १० गेरुवास्थित कर्णाली पुल नजिकै पल्टिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि जिल्ला सदरमुकाम गुलरिया लैजाने क्रममा बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागी नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

मंगलबारनै ठाकुरबाबा मन्दिरमा गई ठाकुरबाबा मन्दिरको दर्शन गरी बुधबार विहानै गन्तव्य तर्फ लागेको सो टयाक्टर कर्णाली पुल नजिकै पल्टिए दुर्घटना भएको प्रहरीले जनाएको छ । विहान बाक्लो हुस्सुका कारण सो दुर्घटना भएको बताइएता पनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टयाक्टर चालक मिठ्ठु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर