टाउको काटिएको अवस्थामा महिलाको शव फेला - Crazysaptahik.com

टाउको काटिएको अवस्थामा महिलाको शव फेला


क्रेजी साप्ताहिक

मोरङ। टाउको काटिएको अवस्थामा सुनसरीको वराहक्षेत्र नगरपालिका– १ सप्तकोशी नदी नजिकै एक जना महिलाको शव भेटिएको छ । स्थानीय दुधपानी खोलाको बगरमा महिलाको शव भेटिएको हो ।

मंगलबार दिउँसो घाँस दाउरा गर्न जानेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना स्थल पुगेको प्रहरीले शव भेटिएको स्थान नजिकै महिलाको टाउको भेटिएको जनाएको छ । सुनसरी प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माका अनुसार सडेको अवस्थामा भेटिएको शवसँगै स्ट्याम प्याड, कपडा, लेडिज ब्याग र चक्कु भेटिएको छ । उनका अनुसार हालसम्म शवको पहिचान हुन सकेको छैन । पहिचानका लागि अनुसन्धान गरिरहेको प्रहरीले लेनदेनको विवादमा महिलाको हत्या भएको हुनसक्ने बताएको छ ।

विभत्स अवस्थामा भेटिएको शवसँगै स्ट्याम प्याड र महिलाको हातको बुढी औंलामा रङ लागेको अवस्थामा भेटिएको थियो ।चतरा–रामपुर सडक खण्डबाट करिव ५ सय मिटर उत्तर तर्फ भेटिएको शवको पहिचान गर्ने प्रयास भइरहेको डीएसपी शर्माले बताए । अन्दाजी ३५–४० वर्षीया जस्तो देखिने महिलाको अनुहार नचिनिने अवस्थामा छ । केही दिनअघि हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर