चितवनमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु - Crazysaptahik.com

चितवनमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु


क्रेजी साप्ताहिक
चितवन । चितवनमा ट्याङ्करको ठक्करबाट गएराति एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको र शव भरतपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर