भूमिप्रसाद पाठक
पथरी । मगरहरुको राष्ट्रिय पर्व माघे संक्रान्ती ५०१४ को अवसरमा नेपाल मगर संघ पथरी शनिश्चरे नगर कमिटीले शुभकामना आदान प्रदान सम्मान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
बुधबार पथरीशनिश्चरेमा भएको सो कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिप कुमार राईको प्रमुख आतिथ्य रहेको थियो । यस्तै अन्य अतिथिहरुमा वडा नं. १ का वडाध्यक्ष बाबुराम एङ्देन, वडा नं. ७ का कपिलमणि ढकाल, लालबहादुर सुस्लिङ मगर, नेपाल महिला मगर संघ झापाकी अध्यक्ष रिना थापा मगर, नेपाल मगर संघ प्रदेश नं. १ कि पार्वती पिठाकोटे मगर, नेपाल मगर संघ मोरङ सदस्य पेजु आले मगर, पथरीस्थित हरियाली सामुदायिक वनका अध्यक्ष काबुल बहादुर मगर (विकास) लगायतको उपस्थिति रहेको थियो ।
औपचारिक कार्यक्रम पश्चात् विभिन्न मनोरन्जनात्मक तथा साँस्कृतिक कार्यक्रमहरु भएको थियो । स्थानीय कमेडियन कलाकार विवेक परियारले प्रहसन प्रस्तुत गरेका थिए । यस्तै मगर जातिको विभिन्न भेषभूषामा परम्परागत नृत्य, हुर्रा, मारुनी, कौरा, झाँकी समेत प्रदर्शन गरिएको थियो ।
यस्तैगरी आयोजक नेपाल मगर संघ पथरी शनिश्चरे नगर कमिटीले आयोजना गरेको चिठ्ठा र खेलकुद गतिविधिका पुरस्कारहरु प्रदान गरिएको थियो भने ।
यस वर्ष देउसी कार्यक्रममा सहभागी भएका भाइबहिनीहरुलाई र जेष्ठ नागरिकहरुलाई सम्मान र प्रशंसा पत्र वितरण गरिएको थियो । कार्यक्रम नेपाल मगर संघ पथरीशनिश्चरे नगर कमिटीका अध्यक्ष टंक रानाको अध्यक्षमा सम्पन्न भएको थियो ।