मेची महाकाली यात्रीद्वारा यात्रा समापन - Crazysaptahik.com

मेची महाकाली यात्रीद्वारा यात्रा समापन


प्रेमप्रसाद भटराई(के.डी)
पथरी । पर्यटन वर्षको अवसरमा नगरको प्रचार गर्ने उद्वेश्यले मोरङको पथरीशनिश्चरे नगरपालिकाका दुईजना बासिन्दाले थालेको ‘मेची महाकाली यात्रा’ को समापन भएको छ । पथरीशनिश्चरे ९ का मदनबहादु्र अधिकारी र सुरेन्द्र थापाले पुस १६ गतेबाट यात्राको शुरुवात गरेका थिए । आज १४ दिनपछि उनिहरुले यात्रा टुङग्याएका हुन् । काकड्भिट्टाबाट महाकाली नगरपालिकासम्म पुगेर पथरीशनिश्चरे सम्म आइपुग्दा उनिहरुले २ हजार ४ सय १३ किलोमिटर दुरिको यात्रा पार गरेको यात्री मदनबहादुर अधिकारीले जानकारी दिए ।

मौसम प्रतिकुलका साथै यात्राका क्रममा विभिन्न समस्या भएपनि सवैको साथ र सहयोगले यात्रा सहज भएको उनले बताए । यात्राका क्रममा सहयोगिहरुबाट नगद ३६ हजार सहयोग भएको थियो भने करिब १ लाख ६७ हजार खर्च भएको उनले बताए । आज नगरपालिकामा आयोजित एक कार्यक्रममा यात्रा समापन भएको घोषणा गर्दै नगरपालिकालाई मायाको चिनो हस्तान्तरण गरेका थिए । मायाको चिनो ग्रहण गर्दै नगरप्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना विश्ट (बास्तोला) ले मेचीमहाकाली यात्राबाट आफ्नो नगरलाई देशभर चिनाउन सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

सम्बन्धित खवर