क्रेजी साप्ताहिक भोजपुर । एमसीसीको विरोधमा आन्दोलनमा उत्रेका मानिसहरुलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले नियन्त्रणमा लिएको छ । भोजपुरको देउराली चोकबाट एमसीसीको विरोधमा आएका मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आन्दोलनकारीले प्रहरी प्रसाशनले ज्यादती गरेको प्रतिक्रिया दिएका छन् । सान्तीपूर्ण रुपमा गरिएको आन्दोलनमा प्रहरीले राष्ट्र हित विपरित हस्तक्षेप गरेको उनीहरुले बताएका छन् । सवै नेपालीको हितमा उठाएको विषयवस्तुको बारेमा सरकारले गरेको हस्तक्षपको विषयमा आन्दोलनलाई थप प्रभावकारी बनाईने जनाइएको छ ।