महिला प्रहरीले दिइन् आस्था राउत विरुद्ध उजुरी - Crazysaptahik.com

महिला प्रहरीले दिइन् आस्था राउत विरुद्ध उजुरी


क्रेजी साप्ताहिक । महिला प्रहरीले गायिका आस्था राउत बिरूद्ध उजुरी हालेकी छन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बिहिबार जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफू ड्यूटीमा रहँदा राउतले गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै उजरी दिएकी हुन् ।

उजुरी परेपछि कारबाहीका लागि विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ । यता आस्था राउतले पनि प्रहरीबाट आफूमाथि दुर्व्यवहार भएको दाबी गरेकी छन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा खटिएकी महिला सुरक्षाकर्मीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै गायिका राउतले बिहीबार आपत्ति जनाएको भिडियो सार्वजनिक गरेपछि उनी विवादमा परेकी छन् । प्रहरीमाथि अपशब्द प्रयोग गरेको भन्दै सामाजिक सञ्जाल केहि प्रयोगकर्ताले उनको आ’लोचना गरेका छन् भने केहिले उनको समर्थन गर्दै प्रहरी प्रशासनको बिरोध गरेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.