अटो दुर्घटनामा वडा सदस्यको मृत्यु - Crazysaptahik.com

अटो दुर्घटनामा वडा सदस्यको मृत्यु


क्रेजी साप्ताहिक उदयपुर । उदयपुरमा अटो दुर्घटना हुँदा खोटाङका एक वडा सदस्यको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेलटारबाट घरतर्फ जाँदै गरेका खोटाङ जन्तेढुंगा गाउँपालिका १ मैनटारका ३५ वर्षीय गणेश खड्का घाईते भएका हुन् ।

आफैले चलाएको स १ ह ३२३७ नं. को अटो चौदण्डीगढी १ को बंशिलाघाटमा शुक्रबार राति दुर्घटनामा पर्दा वडासदस्य खड्का गम्भीर घाईते भएको इलाका प्रहरी कार्यालय बेलटारका प्रहरी निरीक्षक बुद्धीराम चौलागाईले जानकारी दिए । बेल्टारका ट्राफिक हवल्दार तिलक पौडेलका अनुसार सडकदेखि १ सय ५० मिटर तल खसेको अटोका चालक खड्काको बिहान मात्र उद्धार गरिएको थियो ।

खड्कालाई प्राथमिक स्वास्थ्य चौकी बेलटारमा प्रारम्भिक उपचार गरी शनिबार विहान बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएकोमा अस्पतालले मृत्यु घोषणा गरेका हुन । वडाध्यक्ष केदारमान राईका अनुसार जन्तेढुंगा १ बाट तत्कालीन नेकपा (माओबादी) बाट वडा सदस्य निर्वा्चित हुन् ।

सम्बन्धित खवर