रुखबाट लडेर वडासचिवको मृत्यु - Crazysaptahik.com

रुखबाट लडेर वडासचिवको मृत्यु

क्रेजी साप्ताहिक । घाँस काट्ने क्रममा रुखबाट लडेर काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको मृत्यु भएको छ ।

घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते भएका ५० वर्षीय सत्यालको धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए ।  उनले लामो समयदेखि वडासचिवका रुपमा काम गर्दै आएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.