क्रेजी साप्ताहिक । नायीका केकी अधिकारी र आँचल शर्मा एकै घरको बुहारी बन्ने भएसँगै उनीहरु अभिनित चलचित्र ‘झिँगेदाउ’को चर्चा चुलिएको छ । अहिले यस चलचित्रको छायांकन धमाधम भइरहेको छ । छायांकन चलिरहँदा अभिनेत्री अधिकारी र शर्माको नयाँ लुक्स सार्वजनिक भइरहेको छ । आँचल शर्मा र केकीको गाँउले लुक्स देखिएको थियो । यी दुबैले आफ्नो नयाँ लुक्स सामाजिक सञ्जालमा शेयर गरेका थिए ।
पहिलो पटक यस चलचित्रमार्फत गाउँमा बस्ने एक विवाहित महिलाको भूमिकामा अभिनेत्री आँचल शर्मा देखिदैछिन् । त्यस्तै केकी अधिकारी पनि गाँउले महिलाको भूमिकामा देखिदैछिन् । यस चलचित्रको छायांकन भइरहेको छ । चलचित्रमा अभिनेत्री केकी अधिकारी जेठानी दिदी बन्ने र आँचल शर्मा देवरानी बन्ने चर्चा छ ।