फोटो भाइरल बनाउने डर देखाएर बलात्कार गर्ने पक्राउ - Crazysaptahik.com

फोटो भाइरल बनाउने डर देखाएर बलात्कार गर्ने पक्राउ


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ का एक युवक बलात्कार आरोपमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पथरीका अनुसार २५ वर्षीय रविन आचार्य पक्राउ परेका हुन् ।

धम्की दिएर पटक–पटक बलात्कार गरेको भन्दै एक विवाहित युवतीले जाहेरी दिएपछि उनी पक्राउ परेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले जानकारी दिए । उनकाअनुसार पक्राउ परेका युवाले प्रारम्भिक अनुसन्धानका क्रममा दिएको वयानबाट पनि बलात्कार गरेको खुलेको छ । पछिल्लो पटक चार दिन अघि बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको गिरीले बताए ।

प्रहरीका अनुसार फेसबुकमार्फत डर देखाउँदै धम्की दिएर युवाले युवतीलाई ‘ब्ल्याकमेल’ गर्ने गरेको प्रमाणहरु फेला परेका छन् । डीएसपी गिरीका अनुसार आफूसँग रहेको नाङ्गो फोटो सामाजिक सञ्जालमा भाइरल बनाइदिने र यदि नगर्नु हो भने मैले भनेको मान्नु पर्छ भनेर ‘ब्ल्याकमेल’ गर्दै आएका थिए । बारम्बार घटना दोहारिन थालेपछि युवतीले यो कुरा श्रीमानलाई सुनाएर प्रहरीमा जाहेरी दिएकी हुन् ।

पक्राउ परेका युवाले पनि घटना स्वीकार गरेका छन् । प्रहरीका अनुसार युवतीलाई आफ्नो फेसबुक म्यासेन्जरमा विभिन्न हिसाबले ‘ब्ल्याकमेल’ गर्दै नाङ्गा फोटाहरु पठाउन प्रस्ताव गर्दै दबाब दिएको पनि खुलेको छ ।

सम्बन्धित खवर