मापसे गर्ने दुई समूहबीच कुटाकुट हुँदा दुईको अवस्था गम्भीर - Crazysaptahik.com

मापसे गर्ने दुई समूहबीच कुटाकुट हुँदा दुईको अवस्था गम्भीर


क्रेजी साप्ताहिक विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ मा मादक पदार्थ सेवन गरी दुई समूहबीच कुटाकुट हुँदा दुईजना गम्भीर घाइते भएका छन् । शनिबार राति भएको झडपमा स्थानीय विसुनदेव मुखिया र बलराम मुखिया गम्भीर घाइते भएका छन् । उनीहरुको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय ३५ वर्षीय मणिचन महतो, ६० वर्षीय रामविलास महतो, ३२ वर्षीय शंकर महतो, २१ वर्षीय हरिओम महतो, २६ वर्षीय किसुन महतोको समूह र ४२ वर्षीय विसुनदेव मुखिया, ३० वर्षीय बलराम मुखिया, २४ वर्षीय धनीराम मुखियाको मापसे गर्दा भएको विवादपछि कुटाकुट भएको थियो । कुसहरि मण्डलको होटलमा मादक पदार्थ सेवन गर्ने क्रममा हरिओम र धनीरामबीच विवाद भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए । दुई जनाले आफ्ना मान्छेलाई फोन गरी बोलाएपछि झगडा सुरु भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले धनीराम, मणिचन, रामविलास, शंकर, हरिओमलाई पक्राउ गरेको छ ।

सम्बन्धित खवर