मिक्लाजुङमा बम विस्फोट, तीन वटा स्काभेटरमा आगजनी - Crazysaptahik.com

मिक्लाजुङमा बम विस्फोट, तीन वटा स्काभेटरमा आगजनी


क्रेजी साप्ताहिक । आइतबार राति मोरङको मिक्लाजुङ गाउपालिका स्थित रमितेमा बम बिष्फोट भएको छ । निर्माणाधीन मिक्लाजुङ आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा विष्फोट गराईएको स्थानीयले बताएका छन् ।

१ नम्बर प्रदेस सरकारको ५८ करोड ५६ लाखको बजेट बाट ठेक्का स्वीकृत भै सडक कालो पत्रे गर्नका लागी सडक चौडा गर्दै सुके आहाल को साकेला मेला लाग्ने ठाउँ मा पुगेको ३ थान स्काभेटर आगो लगाई बम हानेर ध्वस्त बनाइएको छ । विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन । यद्यपि प्रतिबन्धित नेकपा विप्लवले विष्फोट गराएकोे आशंका गरिएको छ । विष्फोट बाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन । मधुमल्लामा रहेको इलाका प्रहरी कार्यलयले घटनाबारे जानकारी लिएको बुझिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.