हिमपहिरोमा परि बेपत्ता हुनेहरुको खोजी गर्न सेनाको हेलिकप्टर पठाइयो - Crazysaptahik.com

हिमपहिरोमा परि बेपत्ता हुनेहरुको खोजी गर्न सेनाको हेलिकप्टर पठाइयो


क्रेजी साप्ताहिक । चार दिनदेखि अन्नपूर्ण आधारशिविर पदयात्राका लागि जाने क्रममा हराइरहेका ४ कोरियाली र ३ नेपालीको खोजीकार्यका लागि नेपाली सेनाको हेलिकप्टर पोखराबाट उडेको छ ।

अन्नपूर्णको देरालीबाट हराइरहेका उनीहरुको खोजी गर्न गएको उक्त हेलिकप्टरमा नेपाली सेनाका ९ सैनिक, हिमालयन उद्धार एसोसियसनका एकजना गाइड, नेपाल पर्वतारोहण एसोसियसनका अध्यक्ष सन्तवीर लामा, टानका एक प्रतिनिधि र स्थानीय प्रतिनिधि छन्। हराइरहेका एकजना नेपाली गाइडका भाइसमेत हेलिकप्टरमा उद्धार टोलीसँगै गएको पर्यटन विभागकी मिरा आचार्यले बताइन् । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले सेना र हेलिकप्टरसहित खोजी गर्नका लागि आइतबार अनुरोध गरेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.