क्रेजी साप्ताहिक । मोरङको सिंघीया खोलामा विराटनगर महानगरपालिका–२ का ५० वर्षीय प्रवल घिमिरेको शव मंगलबार बिहान फेला परेको छ । मबार बेलुका घरबाट निस्किएका उनी नफर्किएपछि आफन्तले प्रहरीलाई खवर गरेर खोजी थालेका थिए ।
स्थानीय बासिन्दाले पुरुषको शव देखेपछि प्रहरीलाई खवर गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । खोलाको पानी भित्र डुबेको अवस्थामा शव भेटिएको उनको भनाइ छ । कपडा र जुत्ता लगाएको अवस्थामा मृत भेटिएका घिमिरेको साथमा पैसा राख्ने पर्स र मोटरसाइकलको चाबी पनि फेला परेको छ । शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको डीएसपी थापाले बताए ।