
क्रेजी साप्ताहिक । सामान्य विवादकै क्रममा कुटपिटबाट उदयपुरको कटारी नगरपालिका–१० राम्चेका ६६ बर्षीय बल बहादुर सुनुवारको कुटपिटबाट मृत्यु भएको छ । स्थानीय ४४ बर्षीय केबल बहादुर सुनुवार र मृतक बिच सोमवार राती ९ बजेको सामान्य सामान्य बादबिबाद भई कुटपिट समेत हुँदा बल बहादुर घाईते भएका थिए ।
घाईतेलाई उपचारको लागी कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा आज दिउँसो २ बजे मृत्यु भएको हो । कुटपिट गर्ने केबल बहादुरलाई ईलाका प्रहरी कार्यालय कटारीको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

