अगुएरोको गोलमा सिटी विजयी, चेल्सी–आर्सनल बराबरी - Crazysaptahik.com

अगुएरोको गोलमा सिटी विजयी, चेल्सी–आर्सनल बराबरी

क्रेजी साप्ताहिक । सर्जियो अगुएरोले दोस्रो हाफमा गरेको एकमात्र गोल मद्दतमा साविक विजेता म्यानचेष्टर सिटीले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । गएराति भएको खेलमा सिटी १–० ले विजयी भएको हो । सिटीले ३६ औं मिनेटमा पेनाल्टी पाएको थियो । तर गाब्रियल जेससको प्रहार शेफिल्डका गोलकिपर डिन हेन्डरसनले रोकेपछि अग्रता लिनबाट चुकेको थियो । ६७ औं मिनेट उनै जेससको स्थानमा मैदान प्रवेश गरेका अगुएरोले केभिन डे ब्रुएनाको पासमा गोल गरेका हुन् ।

जितपछि सिटीले २४ खेलबाट ५१ अंक जोड्दै शीर्ष स्थानको लिभरपुलसँग अंक दूरी १३ मा झारेको छ । तर लिभरपुलले सिटीभन्दा दुई खेल कम खेलेको छ । यस्तै, लण्डन डर्बी खेलमा दस खेलाडीमा रहेर पनि आर्सनलले चेल्सीसँग २–२ को बराबरी खेल्दै अंक खोसेको छ ।

चेल्सीका पूर्वखेलाडी डेभिड लुईजले २६ औं मिनेटमा रातो कार्ड पाएपछि आर्सनल दस खेलाडीमा झरेको थियो । जर्जिन्होले पेनाल्टीमा गोल गर्दै सिटीलाई अग्रता दिलाए ।६३ औं मिनेटमा मार्टिनेलीले आर्सनलका लागि बराबरी गोल फर्काए । ८४ औं मिनेटमा सेजार एजप्लिकुएटाले गोल गर्दै चेल्सीलाई फेरि अग्रता दिलाएका थिए । तर ८७ औं मिनेटमा हेक्टर बेलरिनले गोल गरेपछि आर्सनल अंक खोस्न सफल भएको हो

सम्बन्धित खवर