क्रेजी साप्ताहिक विराटनगर । मोरङमा एक बालिका बलात्कृत भएकी छन् भने अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको उजुरी प्रहरीमा पुगेको छ । दुवै घटनामा संलग्नको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
लेटाङ नगरपालिका–९, जाँतेका ४६ वर्षीय भद्रबहादुर कार्कीलाई ११ वर्षीया बालिका करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गाउँबाट खसीको मासु लिएर फर्कंदै गरेकी किशोरीमाथि कार्कीले करणी गरेको उजुरी परेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले कार्कीमाथि लागेको अभियोगबारे अनुसन्धान भइरहेको जनाए । त्यस्तै, १४ वर्षीया किशोरीमाथि करणी प्रयास गरेको आरोपमा लेटाङ–४ का २५ वर्षीय राजु दमाइँ पक्राउ परेका छन् । २५ वर्षीय दमाइँले लेटाङ–५, खेरुवामा पढ्न जाँदै गरेकी १४ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको उजुरी परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दमाइँले करणी प्रयास गरेपछि किशोरी भागेर जोगिएको परिवारले दाबी गरेका छन् ।