विप्लव समूहका सिन्धुपाल्चोक सेक्रेटरी पक्राउ - Crazysaptahik.com

विप्लव समूहका सिन्धुपाल्चोक सेक्रेटरी पक्राउ


क्रेजी साप्ताहिक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।प्रहरी वृत्त थिमिको प्रहरी टोलीले व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोक बस्ने ४४ वर्षीय भुवनसिंह तामाङलाई मङ्गलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

मध्यपुरथिमिस्थित चारदोबाटोमा स्थानीय व्यापारीलाई धम्क्याउँदै जबरर्जस्ती चन्दा असुली गर्दै गरेको अवस्थामा पक्राउ गरी अनुसन्धान गर्दा चन्द समूहको सिन्धुपाल्चोक सेक्रेटरी रहेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई अभद्र व्यवहार कसूरमा म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.