घुस लिएको अभियोगमा सब डिभिजन वन कार्यालयका प्रमुख पक्राउ - Crazysaptahik.com

घुस लिएको अभियोगमा सब डिभिजन वन कार्यालयका प्रमुख पक्राउ


क्रेजी साप्ताहिक
रुपन्देही । घुस लिएको अभियोगमा रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुखलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले पक्राउ गरेको छ ।

वनको काठ उपलब्ध गराउने सिफारिसका लागि सेवाग्राहीसँग रु पाँच हजार घुस लिँदै गर्दा कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई बुटवल उपमहानगरपालिकाको नयाँ गाउँबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.