दीपक मनाङ्गे विरुद्ध मुद्दा दर्ता - Crazysaptahik.com

दीपक मनाङ्गे विरुद्ध मुद्दा दर्ता


क्रेजी साप्ताहिक । गण्डकी प्रदेश सांसद दीपक मनाङ्गे विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता भएको छ । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा सांसद गुरुङविरुद्ध सार्वजनिक मुद्धा दर्ता गरेका हुन् । सांसद मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष गुरुङलाई हातपात गरेका थिए ।

मंगलबारदेखि सुरु भएको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा मनाङबाट आएका खेलाडीहरुलाई एक सातादेखि भत्ता दिनुपर्ने माग गरेका सांसद मनाङ्गेले मागबारे सम्बोधन गर्दै गर्दा आवेशमा आएर सार्वजनिकस्थलमै अध्यक्ष गुरुङलाई मुक्का हानेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.