क्रेजी साप्ताहिक
पथरी । लागुऔषध र हातहतियार खरखजना मुद्दामा अदालतबाट दोषी ठहर भएर पनि फरार रहेका दुई जनालाई मोरङको इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा फरार रहेका कानेपोखरी गाउँपालिका–२ का ४६ वर्षीय तिलबहादुर राई र हातहतियार खरखजना मुद्दामा फरार रहेका पथरीशनिश्चरे नगरपालिका–१ का २७ वर्षीय अमित लिम्बू सुब्बालाई प्रहरीले पक्राउ गरेको हो ।
पथरीका डीएसपी दिलिप गिरीका अनुसार पक्राउ परेका दुवै जनालाई बिहीबार अदालतमा पेस गरिएको छ । जिल्ला अदालत मोरङले राईलाई २०६७ साल असोज १७ गते ५ महिना १७ दिन कैद सजाय र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । सुब्बालाई २०७३ सालमा ८० हजार जरिवानाको फैसला सुनाइएको थियो ।