क्रेजी साप्ताहिक ललितपुर । हात्तीको दाह्रासहित ललितपुरबाट प्रहरीले एक जनालाँई पक्राउ गरेको छ । १ थान हात्तीको दाह्रासहित सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनिपुर घर भइ ललितपुरको कुपोण्डोल बस्ने ३७ वर्षीय ताराकान्त चौधरी लगननखेल बसपार्कबाट पक्राउ परेका हुन् ।
उनलाई महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।