क्रेजी साप्ताहिक काठमाडौं । गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङ्गेविरुद्ध अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, कास्कीले अनुमति दिएको हो ।
जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै उजुरी दिएपछि प्रहरीले बिहीबार मनाङ्गेलाई पक्राउ गरेको थियो । म्याद थपपछि पत्रकारसँग कुरागर्दै मनाङ्गे आफू जेका लागि लडेको त्यसमा सफल भएको प्रतिक्रिया दिए । मनाङ्गेविरुद्ध अभद्र व्यवहार सम्बन्धी जाहेरी दिने जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले शुक्रबार बैंकिङ कसूर मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको छ ।