गाउँपालिका अध्यक्ष नै ८ लाख रुपैया घुससहित पक्राउ - Crazysaptahik.com

गाउँपालिका अध्यक्ष नै ८ लाख रुपैया घुससहित पक्राउ


क्रेजी साप्ताहिक । जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्षलाई घुससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। ८ लाख घुससहित जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अख्तियारको टोलीले उनलाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

सम्बन्धित खवर