मोरङको स्थानीय निकायमा श्रंखलाबद्ध बम बिस्फोट - Crazysaptahik.com

मोरङको स्थानीय निकायमा श्रंखलाबद्ध बम बिस्फोट

क्रेजी साप्ताहिक
केराबारी । मोरङका बिभिन्न स्थानीय निकायमा श्रृंखलाबद्ध बम बिस्फोटका घटना हुन थालेपछि त्रास फैलिएको छ । मोरङको मिक्लाजुङ गाउँपालिकामा बम बिस्फोट भएको एक साता नबित्दै केराबारी गाउँपालिका भवनमा अज्ञात समुहले शुक्रबार साँझ बम बिस्फोट गराएको छ ।

शुक्रबार साँझ साढे करिब ९ बजेतिर भएको बिस्फोटबाट भवनको झयालका केही सिसाहरु फुटेका छन भने जनेरेटर क्षतिग्रस्त भएको छ । बम विस्फोटसँगै बर्षा चौकमा बम जस्तै शंकास्पद बस्तु राखिएको छ । स्थानियबासीका अनुसार प्रहरीले घटना स्थललाई नियन्त्रणमा लिएको छ । बम बिस्फोट कस्ले गराएको हो भन्ने खुल्न सकेको छैन ।

 

गत ५ माघ साँझ मोरङको मिक्लाजुङ गाउँपालिका १ मा समेत अज्ञात समुहले सडक निर्माण गरिरहेका तीन वटा डोजरमा आगजनी गरेको थियो । प्रहरीले बिस्फोटमा बिप्लव समुहको संलग्नता भएको आशंका गरेको थियो । मोरङका विभिन्न स्थानीय निकायमा अज्ञात समुहले बम बिस्फोट गराउन थालेपछि त्रास समेत फैलिएको छ ।

-पूर्वेलीबाट

सम्बन्धित खवर