सभामुख पदका लागि आज निर्वाचन हुँदै - Crazysaptahik.com

सभामुख पदका लागि आज निर्वाचन हुँदै

क्रेजी साप्ताहिक  काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटाले सभामुख पदका लागि उमेदवारी दिएका छन् । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार ३ बजे संसद भवन बानेश्वरमा निर्वाचन शुरू हुनेछ ।

तत्कालिन सभामुख कृष्णबहादुर महराले राजिनामा दिए पछि रिक्त रहेको सभामुख पदका लागि निर्वाचन हुन लागेको हो । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेका महरा अहिले पुर्पक्षका लागि थुनामा छन् ।

सम्बन्धित खवर