पोखरा विमानस्थलबाट २९ राउन्ड गोलीसहित जहाज चढ्न लागेका युवक पक्राउ - Crazysaptahik.com

पोखरा विमानस्थलबाट २९ राउन्ड गोलीसहित जहाज चढ्न लागेका युवक पक्राउ


क्रेजी साप्ताहिक । पोखरा विमानस्थलबाट २९ राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राइफलमा प्रयोग हुने गोली लिएर जहाज चढ्न लागेका पोखरा–१७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

२२ बोरको राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित उनी यति एयरको बिहान १०ः१५ को उडानबाट काठमाडौं उड्न लागेका थिए । विमानस्थलमा चेकजाँचको क्रममा एक्सरे मेसिनले फलामजन्य वस्तु देखाएपछि झोला खोतल्दा गोली फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

सम्बन्धित खवर