गायिका आस्था राउतले आत्मसमर्पण गरिन - Crazysaptahik.com

गायिका आस्था राउतले आत्मसमर्पण गरिन


क्रेजी साप्ताहिक । प्रहरीसमक्ष गायिका आस्था राउत उपस्थित भएकी छन् । एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी उनी सोमबार बिहान नातेदारसहित टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् ।

राउतविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो । उनलाई सोमबार परिवारको समन्वयमा प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो । उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्नेछ । राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ ।

सम्बन्धित खवर