क्रेजी साप्ताहिक गुल्मी । गुल्मीको धुर्कोटमा रहेको स्मार्ट फोनको टावरमा आइतबार राति आगजनी भएको छ । धुर्कोट गाउँपालिका–६ धुर्कोटस्थित रजस्थलमा रहेको टावरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार राति करिब ११ बजेको समयमा भएको आगजनीबाट टावरको ओडीबक्स पूर्ण रुपमा जलेर क्षति भएको छ ।
टावरमा क्षति पुगेका कारण स्मार्ट फोनको नेटवर्क अवरुद्ध भएको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए । करिब ५ वर्षदेखि उक्त स्थानमा स्मार्ट फोन कम्पनीले टावर राखेको थियो । आगजनीका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए ।