क्रेजी साप्ताहिक पथरी । जनप्रिय जनप्रतिनिधिको रुपमा चिनिएका पथरी शनिश्चरे वडा नम्बर–१० का वडा अध्यक्ष सागर थुलुङले सोही वडाकी न्युन आर्थिक अवस्था रहेको बिमारी उमा विश्वकर्मालाई आर्थिक सहयोग गरेका छन् । बिभिन्न समयमा जनताको घर दैलोमा पुगीरहने वडा अध्यक्ष थुलुङले विश्वकर्माको घरमा नै गएर भेटघाट गरी नगद १० हजार सहयोग हस्तान्तरण गरेका हुन् ।
उनले बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै उपचारको लागि नगद सहयोग प्रदान गरेका छन । उनले आगामी दिनमा आवश्यक अन्य उपचारको निम्ती पहल गर्ने आश्वासन दिए । समाजको लागि आफ्नो आर्थिक, भौतिक र मानबिय हिसाबले सकेसम्म सहयोग गर्दै आइरहेका वडा अध्यक्ष थुलुङले आउने दिनमा आफ्नो वडाको सडक बाटो बिस्तार, सडक बत्ती र अन्य बिकासको कार्यलाई प्राथमिकता दिने बताए । सबैसँग मिलनसार र सहयोगी बानिकै कारण नगरबासीमा उनि सबैका प्रिय छन् ।