गाउँपालिका अध्यक्षको कार्यकक्ष छेउ शंकास्पद बस्तु भेटियो - Crazysaptahik.com

गाउँपालिका अध्यक्षको कार्यकक्ष छेउ शंकास्पद बस्तु भेटियो


क्रेजी साप्ताहिक उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राईको कार्यकक्ष नजिक शंकास्पद बस्तु भेटिएको छ । कार्यालय सहयोगीले सोमबार विहान ९ः३० बजेको समयमा कार्यालय खोलेपछि कर्मचारीहरु प्रवेश गर्ने क्रममा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेको गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले जानकारी दिए ।

हाते झोलाभित्र कुकर र तार जडित मोवाईल सहित अध्यक्ष प्रवेशद्धारको दायाँपट्टि भुईमा राखिएको अवस्थामा सो वस्तु भेटिएको हो । कार्कीका अनुसार अहिले सवै कर्मचारी र स्थानीयहरु कार्यालय परिसर बाहिर त्रसित अवस्था बसिरहेको वताएका छन् । त्यस्तै वडा नं. ५ का वडा अध्यक्ष तथा प्रवक्त केशरबहादुर खड्काले सवै जिल्ला स्तरका सुरक्षा निकायलाई यस बिषयमा जानकारी गराई सकेको वताएका छन् भने सवै जनप्रतिनिधिहरुलाई समेत खबर गरिरहेको बताए ।

गाउँपालिका अध्यक्ष मेजरकुमार राईले आफु कार्यक्रमको सिलसिलामा कार्यालय बाहिर रहेकाले यस बिषयमा जानकारी नभएको वताए । अहिले इलाका प्रहरी कार्यालयले उक्त घटनास्थललाई घेराबन्दी गरेर प्रवेश निषेध गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीर बहादुर बुढामगरले जानकारी दिए । जानकारी अनुसार १८नं.बाहीनीबाट डिस्पोजल टोल र यस कार्यालयबाट डिएसपी सहितको टोली केही बेरमै घटनास्थलतर्फ हिड्ने छ ।

सम्बन्धित खवर