प्रेमप्रसाद भट्टराई(के.डी)
पथरी l मोरङको पथरीमा सुविधा सम्पन्न होटल साल्पा सञ्चालनमा आउने भएको छ । यही माघ १६ गतेबाट पथरीशनिश्चरे–२ बुद्धचोकमा सो होटल सञ्चालनमा आउने सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
पथरी उद्योग बाणिज्य संघका महासचिव समेत रहेका व्यवसायी अशोक साम्पाङले उक्त होटल सञ्चालनमा ल्याउन लागेका हुन् । माघ १६ गते होटलको औपचारिक उद्घाटन हुने साम्पाङले जानकारी दिए । होटल प्रा.लिमा आबद्ध भएकोले सो होटलबाट राज्यलाई समेत टेवा पुग्ने उनले बताए । २ कट्ठा १४ धुर क्षेत्रफलमा फैलिएको उक्त होटलको लागत २ करोड ५० लाख रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । होटलमा १२ ओटा कोठा एटेज रुम रहेका छन् । ३० जनादेखि ५० जनासम्म अतिथिलाई आवासको सुविधा दिने क्षमता रहेको सो होटलले पर्यटन बर्षको अवसर पार्दै पथरीमा पर्यटकहरुलाई रहेको आवासको समस्यालाई समेत समाधान गर्न सहयोग गर्ने उनले जनाए ।
होटलमा फराकिलो पाकिङस्थलको व्यवस्था गरिएको छ । होटलबाट ग्राहकले आफै नपाकेको मासु लिन सकिने होटल सञ्चालक साम्पाङले बताए । बजार एरीयाबाट केही एकान्त ठाउँमा रहेकोले होटलमा शान्त वातावरणमा सेवाग्राहीले सुविधा पाउने उनले जानकारी दिए । होटलले चाडपर्वको अवसर तथा विशेष समयमा साङ्गीतिक कार्यक्रम समेत गर्ने बताइएको छ ।
भिडियो हेर्नुहोस् :-
https://www.youtube.com/watch?v=TmCRgse4TLA