क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरे २ मा अवस्थित हरियाली सामुदायिक वनको आयोजनामा भएको गरिबी विपन्न वर्गको जिविकोपार्जनको लागि सिपमूलक तालिमको पथरीशनिश्चरेका उपमेयर यमुना बिष्ट बास्तोलाले उद्घाटन गर्नुभयो ।
सोमबार देशमै उत्कृष्ठ नगरको हरियाली सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको बाँसबाट निर्माण गरिने हस्तकलाका सामग्री र वायरिङ सम्वन्धी तालिमको उद्घाटन् गर्दै नगर उपप्रमुख बास्तोलाले नगरमा उद्यमशीलताको विकास हुँदै गएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– वास्तवमा हाम्रै नगरमा यति राम्रो वन रहेछ म अहिले भर्खरै हरियालीको वैज्ञानिक वन हेरेर आएँ एकदमै हर्षित छु ।
समूहले गरिवी निवारण कार्यक्रम अन्तर्गत विपन्न वर्गको जिविकोपार्जनका लागि आफ्ना सदस्यका लागि २ महिने तालिमको आयोजना गरेको अध्यक्ष काबुलबहादुर मगरले बताउनुभयो । बाँसको हस्तकलाका लागि पूर्णकुमार राई र मन्दिप विश्वकर्मा तथा वायरिङका लागि नारायण अधिकारीले सहजीकरण गर्नुहुनेछ ।
उद्घाटन कार्यक्रमको भिडियोहरु हेर्नुहोस् :-
प्रमुख अतिथि उपमेयर बास्तोलाको भनाइ
https://www.youtube.com/watch?v=sOtBL4cCi-Q
वनका अध्यक्ष काबुन मगरको भनाइ :-
https://www.youtube.com/watch?v=7it6LeyaCQc