पथरी शनिश्चरे ७ मा उद्यमशीलता तालिम - Crazysaptahik.com

पथरी शनिश्चरे ७ मा उद्यमशीलता तालिम


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे ७ मा महिलाहरुका लागि उद्यमशीलता तालिम सुरु भएको छ ।

नगरपालिका कार्यालयको संयोजनमा राष्ट्रिय सामुदायिक विकास केन्द्रले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आयोजित तालिमको सोमबार नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गर्नुभयो ।

उहाँले महिलाहरु उद्यमी भएर अघि बढ्न आव्हान गर्दै उद्यमशीलताको लागि नगरपालिकाले सधैं साथ सहयोग गरिरहने वताउनु भयो । वडाध्यक्ष कपिलमणि ढकालले पनि वडामा उद्यमशीलता विकासका लागि आफुहरु लागि रहेको वताउनु भयो । ८ दिने तालिममा ४, ६, ७ सहितका वडाका ५० जनाको सहभागिता रहेको छ । सुलोचना तामाङ र अरुणा राईले तालिमको सहजीकरण गर्नुभएको छ ।

सम्बन्धित खवर