छोरीको हनिमुनमा गएकी आमा ज्वाइँसितै भागीन - Crazysaptahik.com

छोरीको हनिमुनमा गएकी आमा ज्वाइँसितै भागीन


क्रेजी साप्ताहिक एजेन्सी । दुनियामा कहिलेकाहीँ सोच्नै नसिकने घटना भइदिन्छन् । नेपाली समाजमा एउटी आमाले आफ्नी छोरीमाथि धोकाधडी गर्दै ज्वाइँसँग पोइल जाने भन्ने कुरा सायद कल्पना पनि गर्न गाह्रो पर्दछ । तर बेलायतको लण्डनमा एउटा यस्तै घटना भएको छ । एकजना आमाले आफ्नै छोरीलाई धोका दिइन् अनि ज्वाइँलाई छोरीबाट खोसेर आफूले बिहे गरिन् । ३४ वर्षकी महिलाले आफुमाथि आफ्नी आमाले १५ वर्षअघि गरेको यस्तो धोकेबाजीपूर्ण घटना गरेको कुरा अहिले आएर सार्वजनिक गरेकी छिन् ।

लण्डनस्थित ट्विकेनहममा बस्ने लोरेन वालको बिहे भएको २ महिना पनि भएको थिएन । एकदिन उनका पति एक्कासी बेपत्ता भए । आफ्ना सम्पर्क्विहीन भएका पतिको खोजी गर्ने क्रममा उनले आफन्तबाट जानकारी पाइन् कि उनका पति त आफ्नै सासुआमा अर्थात् उनकी आमासँग बस्न थालेछन् । आफ्नै पत्नीकी आमा अर्थात् सासुआमासँग बिहे गर्ने ती पुरुषको नाम पाउल हो । लोरेन र पाउलबीच सन् २००४ मा बिहे भएको थियो । लोरेनकी आमा जूलीले छोरीको बिहेमा लाखौँ खर्च गरेर भव्य पार्टी दिएकी थिइन् । लोरेन निकै खुसी थिइन् । उनले आफ्नो हनिमुनमा आफ्नी आमालाई पनि सँगै लगेकी थिइन् । आमालाई हनिमुनमा सँगै लग्दा उनी आफ्नै ज्वाइँसँग सल्किएलिन् भन्ने कुरा उनले कल्पना पनि गरेकी थिइन् । तर भयो त्यस्तै ।

हनिमुनबाट फर्केको केही समयमै पाउल घरबाट निस्के र सासुआमा जूलीसँगै बस्न थाले । त्यो थाहा पाउँदा लोरेन निकै दुखी भइन् । केही समयपछि उनकी आमाले बच्चा पनि जन्माइन् । केही वर्षको लिभिङ टुगेदरपछि ती सासु ज्वाइँबीच बिहे भयो । आफ्नै लोग्ने र आमाबीचको बिहेमा लोरेन पनि सहभागी भइन् । आफ्नो लोग्नेले आफ्नी आमासँग बिहे गरेको त्यो दृश्य लोरेनका लागि जीवनकै सबैभन्दा अप्रिय दृश्य बन्यो । आफुले कहिल्यैपनि आफ्नी धोकेबाज आमा र पूर्व लोग्नेलाई माफी नदिने लोरेन बताउँछिन् ।

सम्बन्धित खवर