क्रेजी साप्ताहिक मोरङ । मोरङको ग्रामथान गाउपालिका वडा नं. ३ स्थित ढङटोलीको सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुवेर मृत्यू भएको भनिएका ४५ बर्षिय विकास सरदारको हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको पुष्टि भएको छ । सरदार गत माघ ६ गते विहान अन्दाजी ५ बजेको समयमा खाल्डोमा जमेको पानीमा डुवेर मृत्यु भएको भन्ने खवर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक गुणराज बुढाथोकीको कमाण्डमा प्रहरी टोली खटि गई घट्नाको बारेमा बुझ्दा सरदारको डुवेर मृत्यु नभई निजकै श्रीमती दयावती सरदार र कटहरी गाउँपालिका ७ का ३६ बर्षिया बोस भन्ने बद्री सरदारको मिलेमतोमा हत्या भएको पाईएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
माघ ५ गते राति ८ बजेको समयमा विकाश सरदारको घरमा बद्री सरदार, ललन सरदार र मुकेश सरदार गई निजको घरमा मदिरा समेत बेच्ने गरेको हुँदा मदिरा किनेर खाएको र विकाश सरदारलाई गाँउमा तास खेल्न जाउँ भनि ललाई फकाई घटनास्थलमा लगि फलामको डण्डाले टाउकोमा प्रहार गरी कर्तब्य गरी हत्या गरेको मंगलबार जिल्ला प्रहरी कार्यलय मोरङले पत्रकार सम्मेलन गरी जनाएको छ । दयावती सरदार र बोस भन्ने बद्री सरदारका वीच शारीरिक सम्बन्ध रहेको र सोही सम्बन्धको बिषयलाई लिएर निजको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।