लागुऔषध सहित २ पक्राउ - Crazysaptahik.com

लागुऔषध सहित २ पक्राउ


क्रेजी साप्ताहिक झापा । झापाको कमल गाँउपालिका–१ पाँचगाछी बस्ने ६४ बर्षीय अकालु साह लागुऔषध गाँजा सहित पक्राउ परेका छन । साहलाई उनकै घरबाट ४ केजी गाँजा सहित हिजो बेलुका पौने ८ बजे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

यसै गरी मोरङको मिक्लाजुङ ५ बस्ने २४ बर्षीय कोरेसम राई लागुऔषध सहित पक्राउ परेका छन । हिजो साँझ साढे ६ बजे लेटाङ ८ जाँते स्थितबाट राईलाई स्पायस ट्याब्लेट १०४ पिस र रिमाडोल ट्याब्लेट ९४ पिस लागुऔषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । पक्राउ परेका दुबै जना उपर सम्बन्धीत कार्यालयबाट कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएका छन ।

सम्बन्धित खवर