पानीमा डुबेर १ बर्षीय नाबालकको मृत्यु - Crazysaptahik.com

पानीमा डुबेर १ बर्षीय नाबालकको मृत्यु


क्रेजी साप्ताहिक । पानीमा डुबेर सुनसरी हरिनगरा १ बस्ने नौसाद अन्सारीको १ बर्षीय नाबालक छोराको मृत्यु भएको छ । हिजो अपरान्ह ५ बजे आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टिनमा डुबी रहेको अवस्थामा नाबालकलाई फेला पारेको र उनलाई उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी भुटाहमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित खवर