क्रेजी साप्ताहिक विराटनगर । बिराटनगरमा विभतस हत्या गरीएको अवस्थामा फेला परेका युवकको पहिचान खुलेको छ । मृतक हुनेमा झापा बिर्तामोडका २० वर्षीय अभिषेक कट्वाल रहेको पुष्टि भएको छ । उनको हत्या गरी मोरङ र सुनसरीको सीमा क्षेत्रमा पर्ने केसलिया खोला किनारमा शव फालेको खुलेको छ । मंगलबार बिहान केसलिया खोला किनार नजिकै रहेको बासघारीमा विभत्स अवस्थामा शव फेला परेको थियो ।
उनी माघ ९ गते घुम्न भन्दै मे१०प ८६७५ नम्बरको स्कुटरमा घरबाट निस्किएका थिए । उनको शव विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहबी नगरपालिका( १२ सिमाना भएर बग्ने केसलिया खोला किनार नजिकै बालुवा र परालले पुरेको अवस्थामा भेटिएको थियो । प्रहरी स्रोतले युवकको विराटनगर महानगरपालिका–४ मा हत्या गरी केसलीया खोलापारि फालेको हुनसक्ने बताएको छ । तर, उनको कहिले हत्या भएको हो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार कट्वाल आमासँग मामा घरमा बस्दै आएका थिए । चाडै र्फकने भन्दै घरबाट निस्किएका उनी चार दिनसम्म नफर्किएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको थियो । सम्पर्क्विहीन भएपछि आमा तारा कटुवालले छोराको हुलियासहित खोजतलासका लागि सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएकी थिइन् । सुनसरी प्रहरी प्रमुख, एसपी यज्ञविनोद पोखरेलले युवकको पहिचान खुलेको बताए । पहिचान खुलेका कारण अनुसन्धान गर्न केही सहज भएको उनको भनाइ छ ।