छोराको बाबु बने तक्मे बुढा - Crazysaptahik.com

छोराको बाबु बने तक्मे बुढा


क्रेजी साप्ताहिक । तक्मे बुढा भनेर दर्शकमाझ प्रिय बनेका कलाकार विल्सन विक्रम राई पिता बनेका छन् । बुधवार विल्सनकी पत्नी सरिना लामाले छोरालाई जन्म दिएकी हुन् । गत फागुनमा सुटुक्क बिहे गरेका राईले गत भदौमा आफूले बिहे गरेको खुलाएका थिए । उनले झापाकी सरिना लामासँग बिहे गरेका थिए ।

विल्सनले सामाजिक सञ्जालमार्फत तस्वीर शेयर गर्दै खुशी साटेका छन् । विल्सन बाबु बनेको अभिनेता दयाहाङ राईले सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन् । दयाहाङ राईले लेखेका छन्, ‘यसरी हाम्रो विल्सन बाउ बने, बधाई छ भाइबुहारीलाई अनि छोरालाई स्वागत ।’ विल्सन बुबा बनेपछि कलाकार तथा फ्यानले विल्सनलाई बधाई दिएका छन् ।

सम्बन्धित खवर