क्रेजी साप्ताहिक । मृत बदेल र २ नाल भरुवा बन्दुक सहित सुनसरीको धरान उप महानगरपालिका ६ बाट ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार बिहान १ बजे प्रहरी चौकी पानवारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले धरान ६ स्थित गौडे आहालको जंगलबाट निस्कदै गरेका धरान ६ पानवारीका ३० बर्षीय मणि तामाङ, २६ बर्षीय सिद्धार्थ राई, ३९ बर्षीय राम बहादुर योन्जन र ३० बर्षीय शम्भु दाहाललाई चेकजाँच गर्दा निजहरुको साथबाट २ नाल भरुवा बन्दुक र मृत अवस्थाको करिव ६ किलो वजन भएको बदेल बरामद गरेको थियो ।
उनिहरुले प्रयोग गरेको को २० प ८७१६ र ना १४ प ६४३३ नम्बरका मोटर साईकल समेत नियन्त्रणमा लिईएको छ भने पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।