
क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले आफ्नो जन्मदिनको अवसरमा वडा नं. ७ किर्तिपुरका आर्थिक विपन्न २ परिवारलाई मिटरबक्स प्रदान गरी विजुली बत्ती जडान गरिदिनु भएको छ ।
मंगलबार परेको आफ्नो जन्मदिनको अवसरमा स्थानीय सम्पत लिम्बु र केबी धिमालको घरमा मिटरबक्स उपलब्ध गराइ बुधबार विजुली बत्ती जडान गरि नगर प्रमुख राईले आफैले बत्तीको उद्घाटन गर्नुभएको हो । वडाका जनप्रतिनिधिहरुको उपस्तिथिमा सो कार्य सम्पन्न भएको थियो ।

