‘मायाको कुरा गर्दा लाज लाग्छ’ - Crazysaptahik.com

‘मायाको कुरा गर्दा लाज लाग्छ’

– जन्तरे मामा (अमित कुमार राई)
भाइरल गायक

आजकाल के गरिरहनुभएको छ ?
– ठिकै छ, बसी रा’छु अनि कहिले काँही गीत रेकर्ड र आर्थिक सहयोगहरु प्राप्त गरिरहेको छ ।

गीत संगीतका कुराहरु के हुदैछ ?
– गीत संगीतका कुराहरु भन्नुपर्दा चाहिँ भइरहेका छन् । तर हालको अवस्थामा भने गीत रेकर्ड गराएको छैन ।

पहिले युट्युबमा अन्तरवार्ताहरु आइरहन्थे, तपाई बिचमा किन हराउनुभयो ?

– पहिले पहिले आइरहन्थे तर अहिले खै के भयो पत्रकार साथीहरु पनि आउनु हुन्न । त्यही भएर हराएको होला ।

तपाईको प्रतिभा यो उमेर सम्म किन गुम्सिएको होला ?
– त्यो बेलामा अहिलेको जस्तो पत्रकार साथीहरु थिएनन् । युट्युब, फेसबुक, टिकटक थिएन । पहिले पहाड ताप्लेजुङमा हँुदा एकदमै विकट ठाउँमा बस्न पथ्र्याे । जंगलमा बस्नुपर्ने अनि जंगलमा खाने कुराहरु पनि पाउँदैन थियो अनि भिडियो, क्यामेरा अनि पर्याप्त मात्रामा एफ.एम. रेडियोहरु थिएन त्यही भएर मेरो प्रतिभा गुम्सिएको होला ।

होइन मामा एक समयमा तपाईको भिडियोहरु एकदमै चर्चामा थियो, तपाईको घरमा पनि पत्रकारहरु धेरै नै आउनुहुन्थ्यो, तर हजुरको बिचमा अन्तर्वार्ता हरायो नि ?
–  मेरो अन्तर्वार्ता मेरो हराको छैन, किनभने अब तपाईहरु हुन्छ तपाईहरुले अहिले सम्म मेरो अन्तर्वार्ता लि’राख्नु भएको छ ।

जन्तरे मामाले अन्तरर्वार्ता दिएको पनि पैसा लिनु हन्छ रे भन्ने हल्ला सुनीयो के यो सत्य हो ?
– सम्पूर्ण स्रोताहरुले मिडियाकर्मी साथीहरुले मलाई सहयोग गर्नुहुन्छ । मैले अन्तर्वार्ता लिएको पैसा लिएको छैन । त्यो अन्तर्वार्ता लिएको पैसा भनेको चाहिँ सम्पूर्ण स्रोतासँग नै जिम्मेवार छ किनभने दिन मन छ भने दिनुहुन्छ एउटा सहयोग जस्तो सम्झेर ।

तपाईले सहयोगबाट आएको पैसाले के गर्दै हुनुहुन्छ ?
– यो कूरा चाहिँ के हो भने घर बनाउने कुरा भएको छ । समती पनि गठन भयो । समतिको निर्णयले सहयोग आएको पैसाले पुगेन भनेपछि काम अधुरो रहन्छ । सहयोग रकमले घर बन्न पुग्ने जस्तो अनुमान भएपछि सो अनुसार घर बनाउने निर्णय भएको छ ।

तपाईका लागि मरिमेट्ने केटी साथीहरु भेट्नुभएको छ ?
– होइन, मलाई मायाको कुरा आउन साथ एकदमै लाज लाग्छ । भेट्न त भटिन्छ नि । कार्यक्रमहरुमा पनि केटी साथीहरु भेट हुन्छ फोटो मात्र खिच्ने गरेको छु ।

तपाईको संगीतप्रतिको लगाव र प्रसंशा दुनिया“ले गरिररहेको छ, पछिल्लो समय गीत गाएर केही सहयोग पनि आयो, यो उमेरमा हिट हु“दा कस्तो लाग्छ तपाईलाई ?
– अहिले आएर मलाई धेरै नै खुशी महसुस भएको छ । यो उमेरमा आएर मेरो सपनाहरु पूरा गर्न सक्छु भन्ने सोचेको थिइनँ । सबैले मन पराई दिनुभयो खुशी छु ।

यतिन्जेल कुराकानीको लागि समय छुट्याई दिनु भएकोमा धन्यवाद, अन्यमा केही भन्न चाहनुहुन्छ ?
– सर्वप्रथम त तपाईलाई धन्यवाद । मेरा कुराहरु राख्ने अवसर दिनुभएकोमा । साथै गीत संगीतलाई र मलाई माया गर्नुहुने दर्शक स्रोता मिडियाकर्मीहरुलाई पनि धेरै धेरै धन्यवाद ।

– प्रस्तुति : ईस्वर दुलाल

सम्बन्धित खवर