पथरी शनिश्चरेमा कुकुर र बिरालोलाई रेविज विरुद्ध खोप - Crazysaptahik.com

पथरी शनिश्चरेमा कुकुर र बिरालोलाई रेविज विरुद्ध खोप

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरमा घरपालुवा ६ सय १६ कुकुर र ६ विरालोलाई रेबिज विरुद्धको खोप लगाइएको छ ।

पथरी शनिश्चरेलाई रेविजमुक्त नगर बनाउने लक्ष्य सहित रेविज विरुद्धको दिवसदेखि प्रारम्भ गरी पुस २२ देखि २७ गतेसम्म वडा वडामा शिविर सञ्चालन गरिएको थियो ।

जसमा वडा वडामा ३ सय २९ र पशुसेवा केन्द्रमा २ सय ९३ गरी ६ सय २२ लाई खोप लगाइएको नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दाहालले जनाउनुभयो । उक्त अभियानमा खोप लगाएपछि पशुधनिलाई खोप कार्ड प्रदान गर्ने गरिएको छ । १ वर्षपछि पुनः खोप लगाउनु पर्ने हुन्छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.