पाँचौ अन्तराष्ट्रिय आमन्त्रित रेफ्यूजी फुटबल च्यालेन्ज कपको तयारी पूरा - Crazysaptahik.com

पाँचौ अन्तराष्ट्रिय आमन्त्रित रेफ्यूजी फुटबल च्यालेन्ज कपको तयारी पूरा

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा आगामी माघ २ गतेदेखि सञ्चालन हुने ‘पाँचौ औं अन्तर्राष्ट्रिय आमन्त्रित रेफ्यूजी फुबटबल च्यालेञ्ज कप – २०२१ को तयारी पूरा भएको छ ।

युथ फेडेरेसन क्लब (वाई.एफ.सी.) भुटानी शरणार्थी शिविर पथरी शनिश्चरेले च्यालेञ्ज कपको तयारी पूरा भएको जानकारी आज गराएको छ ।

प्रतियोगितामा झापा, मोरङ, सुनसरी र भुटान (भुटानी शरणार्थी शिविर) गरी जम्मा १४ वटा फुटबल टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । कोरोना भाइरसको कारण भारतको सिक्किम र सिलिगुडीको टिमहरु भने यो संस्करणमा बोलाउन नपाएको आयोजक समितिले बताएको छ । यसअघिको चार वटा संस्करणमा भारतबाट सहभागी हुँदै आएका थिए । तर, खेलाडीहरु भने आउने आयोजकले बताएको छ ।

माघ २ गते दिनको ठिक २ बजेदेखि हुने प्रतियोगितामा झापाको काँकडभिट्टा फुटबल तालिम केन्द्र, बीवाइसी (भुटानी शरणार्थी शिबिर) बेलडाँगी, मोरङको टेन नवोदय, पथरी शनिश्चरे एफसी, योङ्ग ब्रदर्स, बिन्द्याबासिनी विराटनगर, बेलबारी, उर्लाबारी, लेटाङ, फ्रेन्स क्लब, सुनसरीको एफएफसी धरान, धरान सिटी एकेडेमी, आयोजक युथ फेडेरेसन क्लब (वाई.एफ.सी.) ए र बी गरी १४ वटा टिम सहभागी हुने आयोजक समितिका संयोजक करण चाम्लिङ राईले बताए ।

प्रतियोगिताको लागि सेक्टर आई, इन्ट्रा फाउण्डेनका डिल्ली अधिकारी, गौतम इन्सुरेन्स, हेम्स इन्टरटेनमेन्ट, ग्रिस इन्टरटेनमेन्ट लगायतको सहयोगले यो खेल आयोजना हुन लागेको आयोजकले जानकारी गराएको छ ।

यस्तैगरी पथरी शनिश्चरे वडा नं. १० मा अवस्थित सो प्रतियोगिता हुन लागेकोमा खेल मैदान निर्माण समितिका अध्यक्ष गणेश थक्लुङ लिम्बुले खेल हुन लागेको खुशी व्यक्त गरे । उनले भने– हामीलाई प्रदेशबाट थोरै सहयोग प्राप्त भएकोले यो खेल मैदान यतिको भयो अब स्थानीय सरकारले पनि यो खेल मैदानको केही सोची दिनुपर्यो ।

भिडियो हेर्नुहोला :-

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.