रिफ्युजी फुटबल च्यालेन्ज कपको उद्घाटन खेलमा दुधे विजयी - Crazysaptahik.com

रिफ्युजी फुटबल च्यालेन्ज कपको उद्घाटन खेलमा दुधे विजयी

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे–१० रिफुजी क्याम्पमा भएको पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित रिफ्युजी फुटबल च्यालेन्ज कप २०२१ को उद्घाटन खेलमा दुधे फुटबल क्लब विजयी भएको छ ।

आज (शुक्रबार) भएको पहिलो खेलमा झापाको दुधे फुटबल क्लबले पथरी शनिश्चरे फुटबल क्लबलाई ३–१ को गोल अन्तरले हराउँदै आफ्नै विजयी सुरु गरेको छ । खेल सुरु भएको ७ मिनेटमा दुधेका सनम राईले गोलको खाता खोलेका थिए । यस्तै सनमले नै खेलको २३ औं मिनेटमा पुनः पेनाल्टीमा गोल थप्दै आफ्नो टिमलाई अग्रता दिलाए । झापाकै स्याम मुर्मुले खेलको ३० औं मिनेटमा गोल गर्न सफल भए । पथरी शनिश्चरेको लागि एक मात्र सान्तवना गोल दोस्रो हाफको २७ औं मिनेटमा सन्तोष गुरुङले गरे ।

खेलको म्यान अफ द म्याच विजयी टिमका २ गोल गर्न सफल सनम राई घोषित भए । उनलाई पथरीमा अवस्थित अन्नपूर्ण अंग्रेजी बोर्डिङ स्कुलका प्रिन्सिपल नारायण कट्टेलले प्रदान गरेका थिए । भोलिको खेल उर्लाबारी फुटबल क्लब र १० नवोदय पथरी शनिश्चरे बीच हुने आयोजकका करण चाम्लिङले जानकारी गराए ।

आजको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरेका नगर प्रमुख दिलिप कुमार राई (किशोर) रहेका थिए । राईले बेलुन उडाएर खेलको उद्घाटन गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.