क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा आजबाट सञ्चालन हुने ‘पाँचौ औं अन्तर्राष्ट्रिय आमन्त्रित रेफ्यूजी फुबटबल च्यालेञ्ज कप – २०२१ को आजको खेलमा उर्लाबारी फुटबल क्लब र १० नवोदय फुटबल क्लब भिड्ने भएका छन् ।
प्रतियोगितामा झापा, मोरङ, सुनसरी र भुटान (भुटानी शरणार्थी शिविर) गरी जम्मा १४ वटा फुटबल टिमले प्रतिष्पर्धामा उत्रने भएका छन् । कोरोना भाइरसको कारण भारतको सिक्किम र सिलिगुडीको टिमहरु भने यो संस्करणमा बोलाउन नपाएको आयोजक समितिले बताएको छ । यसअघिको चार वटा संस्करणमा भारतबाट सहभागी हुँदै आएका थिए । तर, खेलाडीहरु भने आउने आयोजकले जानकारी गराएको छ ।
शुक्रबार भएको खेलमा पथरी शनिश्चरे फुलबल क्लबलाई हराउँदै झापाको दुधे फुटबल क्लबले ३–१ को गोल अन्तरले हराउँदैै विजयी भएको थियो । दिनको ठिक २ बजे हुने प्रतियोगितामा झापाको काँकडभिट्टा फुटबल तालिम केन्द्र, बीवाइसी (भुटानी शरणार्थी शिबिर) बेलडाँगी, मोरङको टेन नवोदय पथरी शनिश्चरे एफसी, योङ्ग ब्रदर्स, बिन्द्याबासिनी विराटनगर, बेलबारी, उर्लाबारी, लेटाङ, फ्रेन्स क्लब, सुनसरीको एफएफसी धरान, धरान सिटी एकेडेमी, आयोजक युथ फेडेरेसन क्लब (वाई.एफ.सी.) ए र बी गरी १४ वटा टिम सहभागी हुने आयोजक समितिका संयोजक करण चाम्लिङ राईले क्रेजी साप्ताहिकलाई जानकारी दिए ।
प्रतियोगिताको लागि सेक्टर आई, इन्ट्रा फाउण्डेनका डिल्ली अधिकारी, गौतम इन्सुरेन्स, हेम्स इन्टरटेनमेन्ट, ग्रिस इन्टरटेनमेन्ट लगायतको सहयोगले यो खेल आयोजना हुन लागेको आयोजक समितीले जानकारी गराए ।